Nepali
ओभानो
13-Jul-2020

Image Source: depositphotos.com
नाटकै ठान्थेँ, बुढाबुढीका पिर
पिँडुलाका दुखाई र हातका कमाई
तर विशाल नदि भइ जिन्दगी जब
औँलाका कापबाट चुहिन थाले
बाँध बनि कतै म, खडा हुन सकिन ।
आफ्नै सन्तानले जब
पाउ छुने नाउँ लिई
हेपाइका बन्चराले, मलाई ढाल्न खोजे
हेर्ने कतै आँखा भएनन्
न नै सुन्ने कान खुले ।
फेरी पनि,
बचपनै पो पाउँछु की भनि
हत्केलामा समयका थोपा खोज्छुृ
कठै बुढेस्कालका डढेलाले म त,
ओभानै हुन पुगेछु ।।
Total Views: 0