Thu, 18 Apr, 2024

टेन ट्री

By कुशल बिष्ट

“क्रिएसन ओवर दिस्ट्रक्सन” विनाश माथि विकास सुन्दा सामान्य लागे पनि यो शब्दले निकै गहन अर्थ बोकेको छ। यो शताब्दीसम्म आई पुग्न मानिसले विकासको सिलसिलामा ठूलो फड्को मारेको छ तर कहिले हामीले सोचेका छौ यो विकासको मूल्य हामी कसरी चुकाउँदैछौ??

जहाँ विकास हुन्छ त्यहाँ विनाश अवश्यनै हुन्छ। तिव्ररूपमा भै रहेको वातावरण प्रदुषण र वनविनाशलाई चुनैति दिदैँ केहि जुझारू युवाहरूले एउटा सोच अघि ल्याए त्यो सोचको मूर्त रूप नै “टेन ट्री” हो। यो एउटा अनलाइन क्लोधिङ् स्टोर हो जसले आफ्नो एउटा सामान विक्री हुदाँ दश वटा रूख किन्ने व्यत्तिको नाममा रोप्ने गद्छ।

सुरूवातमा क्यानडाको दुई किशोर कलेन इमस्ले(Kalen Emsley) र डेँभ लुबा (Dave luba)ले सोच ल्याएका थिए। यसमा थप दिजाइनरका रुपमा अमेलिया दय्हुफ्फ़ (Amelia Dayhuff ) र लुकास होव्लेत्त (Lucas Howlett) छन्।

यो एउटा क्लोधिङ् स्टोरका साथै पर्यावरण मैत्री समुह पनि हो। यस समुहले क्यानेडियन व्यायल्ड लाईफ फेडेरेसन् (Canadian Wildlife Federation)सँग सहकार्य गर्दै व्राजिल, हईटी, इथियोपिया, भारत, फिलिपिन्स लगायत देशमा यसले वृक्षारोपण कार्यक्रम अघि बढेएको छ।

यस कम्पनीको साईट (http://www.tentree.com) अनुसार मदागास्कारमा ४८५३३००, सेनेगलमा १३८९३२०, नेपालमा १४५७४१०, एथिओपिआमा ७२४१४०, इंडियामा १३५८००, मलावीमा २२५०००, केन्यामा १४९०५४०, क्यानाडामा ५७७२०, हैटीमा २६८७२०, चम्बोडियामा १०२७०, अमेरिकामा ५००० वटा गरि ९२७७२२० वटा रूख रोपेका छन्।

“प्रोटेक्ट द वोर्ल्ड यू प्ले यिन” को नारा राखेर सुरू भएको यस कार्यक्रमले आफ्नो उपभोक्तालाई आफ्नो उत्पादनले आफ्नो वातावरण प्रतिको जिम्मेवारी बोद गराई रहेको छ। यसरीनै हरेक व्यत्ती आफ्नो ठाउँबाट लागीपर्ने हो भनर यो प्रकृतिले दिएको सुन्दरताको विनाश नगरीनै विकासको आनन्द लिन सकिनेछ।

आगामी दिनमा “टेन ट्री” व्यापारिक संस्था मात्र बन्छकि पर्यावरण मैत्रि रहि केही परिवर्तन ल्याउँछ त्यो भने बाकिनै छ।