Opinion
नाग देवतालाई एउटा पत्र
24-Aug-2020

घिसृदो परिस्थितिमा
कल्कलौदा जाहान,
तिर्खाउदो समयमा
प्यासा जबान,
बेगनै पो फेरौ कि भन्दा
पेटी उराठलाग्दा ,
जाति कोहि भेट्यौ कि भन्दा
बोलि डसौ डसौ लाग्दा
मानब अहिलेका | |
मान्छे जन्मिन सट्टा
सर्प जन्मिनु बेस पो थ्यो कि ?
दुइ हात दुइ खुट्टा सामु
सुखी एउटा सेस पो थ्यो कि ?
मुन्टो हल्लाउदै फेरी पो सोचे
बंगारामा सून भन्दै
बिख आफै पो रोप्यौ कि
छाला सपार्न दस थोक लाउदा
काचुली आफै पो फेर्यौ कि ?
अर्काको गोडा देखिनसक्दा
घिसारेरै पो छोड्यौ कि ?
भैगो कठै नाग देवता
तुलना तिम्रो एस्तो गर्दा
कदापि मलाई नडस्नु है
मान्छे जति पापी भएनी
तिमि येतिको नगिर्नु है
Total Views: 0