Nepali
सपना
12-Nov-2018

सुतेपछि देखिने र सुत्न नदिने, सपना दुई थरीका हुन्छन्।
भन्छन् सुत्न नदिने सपना हासिल गर्न अलि गाह्रो हुन्छ।
कुरा गरौँ सुतेपछि देखिने सपनाको बारे।
यो आनन्ददायी वा पिडादायी जे पनि हुन सक्छ।
कलेजकी राम्री केटी सपनामा आइ, अवश्य आनन्दायी सपना तर
उनीसँग केटासाथी पनि आए, दु:खदायी सपना।
सपनाको कुनै सिमा हुँदैन, यसले जात, धर्म, वर्ण, लिंग, वर्ग केहि छुट्याउँदैन।
सबैलाई सपना समानरूपले जसलाई जसरी चाहान्छ त्यसरी नै आउँछ।
सपना देख्न कुनै योग्यता पनि चाहिँदैन।
मानपरेका, मननपरेका, देखेका, सुनेका कुरा
दिमागको कुनै कुनामा बसेर समय-समयमा फनक्क चलचित्रका रिल घुमेझै
हाम्रा आँखा, मान र मस्तिष्कमा घुमिरहन्छन्- यही हो सपना।
हरेक मान्छे आफ्ना सपनाका मोटा ठेलीसँग बाचिँरहेका हुन्छन्।
यदि सपना बेच्न मिल्ने भए कोही गरिब हुने थिएनन् होला।
हुन त हावा समेत बेच्ने यो संसारमा सपना बिक्ने समय नआउला भन्न सकिन्न
तर आजका मितिसम्म सपनाकिन्ने बजार नखुलेकाले खुब देख्नुहोस् सपना,
मनलागे सम्म देख्नुहोस् सपना।
पूरा हुने पूरा हुन्छन्, मिहिनेत गर्नुहोस् नहुने सपना नै त हुन्।
फेरी देखैँला नयाँ र मिठा सपना।
Total Views: 0