Nepali
मन विद्रोह
12-Nov-2018

सोच्दै छु त्रिपालमुनि बसिकन, खै के पायो दैवले
लग्यो सारा परिवार सम्पत्ति, लग्यो सबै भुकम्पले ।
जब रात बढ्दै जान्छ, मुटु काप्छ थरथरी
आँखा अगाडि आउँछन, बाल बच्चा र प्यारीको याद झलझली ।
भुकम्पको मोल रहेछ सात दशमलव आठ
रित्यायो मेरो खुसी संसार, बनायो बिल्ली बाठ ।
पुरिए मेरा सारा सपना, इटा ढुङ्गाको खण्डहरमा
पुराना याद नै त बाकीँ छन्, यादको यो ढुकुटीमा ।
थियो मेरो सानो घर, थिए एक छोरा एक छोरी
मन पोल्छ, याद आउँछ, रुन्छु सम्झी धरधरी ।
सम्झाउँछु आफैँलाई, होेेइन म मात्र लाचार
जीवन जसो तसो चलिरहन्छ, हुने हार दैव नटार, हुने हार दैव नटार ।।
Total Views: 0