Fri, 19 Apr, 2024

Nepali

कोरोना भाइरसबाट बच्ने केही उपायहरु

30-Mar-2020

By Isha Sharma Gauli

चीनको वुहानबाट सन् २०१९ को अन्तबाट सुरु भएको कोरोना भाइरसको विश्वव्यापी माहामारीका सन्दर्भलाई लिएर हामी नेपालीले पनि आ–आफ्नो तर्फबाट जुटी योगदान दिन आवश्यक छ । अहिलेको नेपालको अवस्था ठीक एक महिना अघिको ईटलीको जस्तो मात्र छ । त्यसैले हामीले समयमा दृढ अठोट गर्न ढिलाई गर्नु हुँदैन । त्यसका लागि निम्न कदम चालेमा केही हदसम्म जोखिम नियन्त्रण गर्न सकिन्छ ।


१. सबै जनताले सरकारले गरेको लक डाउन सहित अन्य कदमहरुलाई कडाइका साथ पालना गर्ने ।
२. लकडाउनको अवधि केही हप्ताका लागि थप गरी कोरोना भाइरस फैलिनबाट मुलुकलाई जोगाउने ।
३. देशभर रहेका शंकास्पद संक्रमित र बाहिरबाट आएका सबैलाई क्वारेन्टाइनमा कडाइका साथ राख्ने । क्वारेन्टाइनका लागि स्कूल तथा कलेजहरुलाई पनि प्रयोगमा ल्याउन सकिन्छ र यसको निगरानीका लागि प्रशासन तथा राजनीतिक दलका वडा स्तरीय कमिटीहरुलाई सकृय तुल्याउने ।
४. संक्रमितलाई औषधिउपचारका साथ आइसोलेसनमा तुरुन्त राख्ने र कठोर अनुशासन पालना गर्न लगाउने ।
५. परिवार , छरछिमेकी सबै मिलेर देश बाहिरबाट आएकाहरुलाई दुई हप्ता अनिवार्यरुपमा क्वारेन्टाइनमा राख्न सरकारले जनस्तरमै अपिल गर्र्ने । त्यसैगरी सो कार्यका लागि राजनीतिक दलका वडा तहका कमिटीहरु र भातृसंगठनलाई परिचालन गर्न सकिन्छ ।
६. क्वारेन्टाइनमा बस्नु भनेको आफ्ना लागि, परिवारका लागि, समाज, देश र विश्वका लागि हो भनेर बुझाउनका लागि टोल–टोल, गाउँ–गाउँबाट नै सचेतना जगाउने । 
यसरी विश्वव्यापी माहामारीबाट बच्न र बचाउन सम्पूर्ण नागरिक एवं राजनीतिक दलका नेताहरुले आफ्नो संगठनमार्फत प्रदेश, जिल्ला गाउँ र वडा सम्म व्यवस्थित संजाल विस्तार गरी राष्ट्रिय विपत्तिबाट वचाउन आ–आफ्नो क्षेत्रबाट योगदान दिन सक्छन् ।

Total Views: 0