Thu, 28 Mar, 2024

फोटो स्रोत: pbs.org
  भनिन्छ इच्छा भएर पनि पुरा हुन नसकेका चाहनाहरुको संसार हो सपना निदाएको बेला पुगिने गन्तव्य हो सपना सोची बिसाएको बेला देखिने संसार हो सपना सपना एउटा संसार हो, हाम्रो चाहनाको संसार, जहाँ हामी पुग्न चाहन्छौँ सबैसँग एउटा सपना हुन्छ, एउटा संसार हुन्छ सपनाको, जहाँ हामी हरहाल पुग्न पाए हुन्थ्यो भने सोच्छौँ सबैसँग हुन्छ एउटा सपना चाहे त्यो धनी होस् या गरिब , बच्चा होस् या बुढो मलाई लाग्छ एउटा आशाको किरण हो सपना वास्तविक जीवन भन्दा भिन्न कल्पनाको संसार हो सपना हो मेरो पनि एउटा कल्पनाको संसार छ, चाहनाहरू ले भरिएको एउटा संसार छ, मेरो सपना छ म जति ठुलो हुँदै छु संसार चिन्ने हुँदै छु, जीवन बुझ्ने हुँदै छु मेरो सपनाको आकार त्यति नै बढिरहेछ लाग्छ यो अझै बढी नै रहन्छ, मा जति बढ्दै जाने छु मेरो सपनाको संसार त्यति नै बढ्दै जानेछ हो बढ्न देऊ तिम्रो सपनाको संसारलाई, बढाउदै लैजाउ आफ्नो सपनाको आकार, फैलाउ जता  त्यतै आफ्नो काल्पनिक संसार ता कि कहिले तिमी तिम्रो सपना पुरा गरेर नसकियोस् मलाई लाग्छ तिमी आफ्नो सपना पुरा गरेर सकायौ भने जीवन अर्थहिन हुने छ जब तिम्रो सपना नै चाहिन्न, तिम्रो काल्पनिक संसार नै चाहिन्न, तिम्रो चाहनाहरूको संसार नै चाहिन्न तिमी बाँच्छौ के को लागि? सपना देख पुरा गर, सपनाको आकार बढाउ, फेरि अर्को सपना देख त्यो पनि पुरा गर सपना देख्दै जाऊ पुरा गर्दै जाऊ हो जीवन यही हो सपनाहरीको सङ्गालो हो जीवन सपना बिना अर्थहिन छ जीवन त्यसैले जीवन नै एउटा सपना हो, तिमी आफ्नो सपना बाँचिरहेछौ आँखा बन्द गर फेरि अर्को सपना आँउछ, सपना भित्रको सपना, अझ रमणीय सपना तिमी त्यो सपनामा पनि पुग्यौ भने फेरि अर्को सपना आउला, भित्र अर्को झन् अर्को झन् अर्को हो सपनाहरुको लहर हो जीवन जीवन एक सपना हो