Thu, 28 Mar, 2024

द रेभिनान्ट

By कुशल बिष्ट

फोटो स्रोत:telegraph.co.uk परम्परागत पश्चिमी जीवन जिउने शैली र बदलाको कथा समेटिएर बनाएको यस फिल्ममा निर्देशक अलेक्जेन्द्रो जी इनारिटले यस फिल्ममा १८२३ का  फ्रन्टियर म्यानहरूको कथा समेटेका छन्। मिचेल पङ्कको नोबेलमा आधारित यस फिल्मको स्क्रिप्ट , प्रड्युसर अक्रिवा गोल्द्स्मनले धेरै अघि किने पनि विभिन्न प्रोजेक्टमा व्यस्त भएर २०१५ मा मात्र बनाएको बताएका छन्।   मुख्य भूमिका निर्वाह गरेका नायक लियोनार्दो डि क्याप्रियोले यो फिल्म मार्फत आफूलाई अब्वल साबित गरेका छन्। फिल्मको कथा वस्तु बदलाको वरिपरि घुमेको छ। आफ्नै समूहको मानिसले दिएको धोका, भालुको आक्रमन र नायकको छोराको हत्या जस्ता दृश्यले यो फिल्म उत्कृष्ट बनेको छ। छोराको बदला लिन प्रतिकुल परिस्थितिमा पनि संर्घष गरेर फर्कने नायकको कथा अत्यन्त रोचक छ। जब नायकले आत्मबल गिराउँछ धुमिल बनेर आउने उसकी मृत श्रीमतीको यादले उसलाई दिने ऊर्जा, भाषिक बेमेल भए पनि शत्रु मानिएको मानिसले गर्ने सहयोग र आफ्ना समूहको मानिसले मर्न छाडेर हिँडेको दृश्यले मानव सोचका फरक स्थिति प्रस्तुत गरेको छ।   बाँच्नको लागि गरेको संर्घष र बदलाको कथा उठाइएपनि यस फिल्मले परापूर्वकाल देखिनै रहेको मानव र प्रकृति बिचको संघर्षलाई उजागर गरेको छ। फिल्ममा नायकले सम्पूर्ण न्याय गरेका छन्। दृश्य बदला र अदृश्य प्रकृति र जीवनको संर्घषको यो फिल्म हेर्नु समयको सदुपयोग हुने छ।