Thu, 28 Mar, 2024

जीवन एउटा खेल रहेछ

By अस्मिता कुँवर

जीवन भनेको एउटा अनौठो खेल रहेछ, नत सधै जित्न सक्ने नत सधै हारको आभास हुने जीवनत एउटा काडा रहेछ फुलिरहेको फुलमा पनि टुसुक्क आएर निराश पार्ने अच्चम छ यो जीवन दु:ख र सुख दुवैमा लुकामारी खेल्न खोज्ने आउदा खाली आउने अनि संसार बिदा लिदा पनि खाली नै जाने तर बाचुन्जेल सधै केहि पाउने सकल्पमा मरेमेटिनै रहने|| बुद्धको पनि एउटा जीवननै थियो, रावणको पनि तेस्तै जीवन तर फरक येहा छ एउटालाई देव भनेर पुज्ने, अर्कोलाई राछेस भनेर धिकार्ने| बिगत र बर्तमानलाई हेर्दा जीवनत खाली तेही सास फेरिन्जेल्को एउटा काहानीपो रहेछ सास रहुन्जेल नामले पुकार्ने सास बन्द हुनासाथ लाशको उपनामले पुरस्कृति गर्छन|| सोचेर सोच्नै नसकिने, भोलि मर्ने भनेर हातमा हात बाधेर बस्न नमिल्ने चीज हो रहेछ जीवन| लोभै लोभको भाडो रहेछ जीवन पैसा र सुखको लागि माया र प्रेमलाई त्यागेर हिड्ने को आफ्नो, को पराइ भनेर छुटाउनै गार्हो हुने, भरोसाको नाममा छुरा घोपेर हीड़ने एउटा प्राणी रहेछ जीवन| बुज्दै जादात जीवन एउटा धेरै अर्थ दिने सब्द मात्रपो रहेछ, जता पनि घुमाउन मिल्ने|| हाम्रो जीवन भगवान्को एउटा देन रहेछ , बुद्ध बन्ने या राछेस बन्ने आफ्नै हातको खेल हो आज सम्म जे भयो भयो, अब जीवनलाई नया बाटोमा मोढऔ , माया र प्रेमलाई अंगालेर सुन्दर समाज बनाऊ| नयाँ सालको  सुनौलो  बिहानीमा  नयाँ जीवनमा लागौ जीवन भन्या एउटा खेलनै रैछ, छलकपट बिनानै खेलौ ||