मेलम्चीको पानी ल्याउन उपत्यकामा पाईप लगाईंदै

pipeline-in-kathmandu

तस्बिर : माई रीपब्लिका

पृथ्वीमा पाउने एउटा तरल पदार्थ हो “पानी” जसले हाम्रो पृथ्वीको भूभागको ७१.३% ओगटेको छ | जब पानी सुद्ध अवस्थामा हुन्छ, त्यसको कुनै बास्ना हुदैन, कुनै स्वाद हुदैन नत रंगनै हुन्छ | खोला, समुन्द्र सबै पानीबाटै बनेका चिज हुन् | पानी जीवन को लागि एकदमनै आवश्यक कुरा हो र हामी भाग्यमानी छौ जसले पानी उपयोग गर्न पाईरहेका छौ, तर कति वर्ष अझैँ भन्ने चाहिँ थाहा छैन किनभने थुप्रै अनुसन्धानहरुको अनुसार २०२५ सम्ममा पानीको मात्रा निकै घटेर “जलसंकट” आउना सक्ने कुरा जनाई राखेको अवस्ता छ | त्यसैले आज देखिनै पानीको राम्ररी सदुपयोग गर्नु एकदमै जरुरि छ | पानीकै सपना देखाएर हाम्रो नेताहरुले थुप्रै चुनाबहरु जितिसके, यही पानीको आशा देखाउने कति नेताहरु त मरेर सम्म गईसके तर बिडम्बना अजै उनिहरुले देखायको त्यो सपना बिपनामा परिणत हुन भने सकेको छैन |

अब कुरा गरौँ  सरकारले चलाएको “मेलम्चीको पानी परियोजना” को | मेलम्ची खाने पानी परियोजनाको लागि नेपाल सरकारले चिनियाँ कम्पनी “चाइना रेलवे कन्स्ट्रक्सन” कम्पनीसँग ठेक्का सम्झौता २००१ फेब्रुअरीमा सुरु गरेर २०१६ को फेब्रुअरी भित्र सक्ने संझौता गरेको थियो | संझौता हुनु भन्दा पछि सन् २५ सेप्टेम्बर २०१२ मा सोहि कम्पनीले समयमा नै आयोजना सम्पन्न गर्ने भए थप ४ अर्ब रकम माग गरेको थियो | चिनियाँ कम्पनी चाइना रेलवे कन्स्ट्रक्सन कम्पनीको माग पुरा नभए पछि सोहि कम्पनीले काम छाडेर हिडे पछि १० महिना काम रोकिएको थियो | जम्मा २६.३ कि.मी काम गर्नु पर्ने थियो तर चाइना रेलवेले जम्मा साढे ४ किलोमिटर मात्र सुरुङ निर्माण गरेको थियो। चिनियाँ कम्पनीले छाडेर हिडेपनी मुख्य लगानीकर्ता एसियाली बिकास बैंक (ए.डी.बी.) ले आयोजना जसरी पनि पूरा गरेरै छाड्ने सरकारसँग प्रतिबद्धता जनाएको थियो |

त्यसपछि मेलम्ची खानेपानी आयोजनाले २०१२ डिसेम्बरमा सुरुंग निर्माणको लागी नयाँ टेंन्डर आहवान गरीएको थियो। सबैभन्दा कम आर्थिक प्रस्ताव इटालीको सीएमसी कम्पनीले ७ अर्ब ७२ करोड ३४ लाख रुपैयाँ हालेपछि सो काम सोहि कम्पनीसंग संझौता भयको थियो | फेरी पछि २०१५ को भूकम्प र छिमेकी राष्ट्र भारतले गरेको नाकाबन्दीको असरले गर्दा काम रोकिएको थियो | नाकाबन्दी सकिए लगत्तै काम सुरु भयको थियो | परियोजनाको निर्देशकको अनुसार पहिलो चरणको काम सेप्टेम्बर २०१७ सम्म सकिने बताउनुभयो छ |

काठमाण्डौको जनसंख्या लगभग ४० लाख छ र सोहि जनसंख्यालाई दैनिक ४०० लाख लिटर पानी चाहिने हुन्छ भने अहिले जम्मा १४० लाख लिटर दैनिक आउने अनुमान गरिएको छ |

परियोजनाको उपनिर्देशक अनिल भद्र खनालका अनुसार यांग्री र लार्के खोलाको पानी पछि थप्न सकिने र सो पानी थपियो भने ५१० लिटर दैनिक पनि आउन सक्ने अनुमान गरियको छ |

पानी प्रशोधन केन्द्र निर्माणका लागि भीएटेक–प्रतिभा इन्डस्ट्रिज लिमिटेडसँग ४ अर्ब २० करोड ४६ लाखमा ठेक्का संझौता भएको थियो | सोहि केन्द्र जापानी नियोग (जाइका) को ऋण सहयोगमा सुन्दरीजलस्थित महांकाल चौरमा निर्माणको क्रममा छ |

सोहि मेलम्ची परियोजनाको पानी काठमाण्डौ बासीहरुको घरघरमा पाईप जडान गर्नु पर्ने हुदा काठमाण्डौको सडकको हालत खत्तम हुनुको साथै प्रदूषण पनि धेरै नै बढेको छ | केहि पाऊन केहि गुमाउनु पर्छ भने जस्तै भर्खरै बनेका   सडकहरु पनि मेलम्चीको पानीको आशाले नेपाली जनताले त्यो पिडालाई सहन बाध्य भएका छन् |