राष्ट्र कवि माधव प्रसाद घिमिरेको आज ९७ औ जन्मदीन

440px-Madhav_Pd_Ghimire

 
७ आश्विन को दिनमा जन्मनु भएको माधव प्रसाद घिमिरे आज ९७ बर्षको हुनु भएको छ | उहाँले नेपाली साहित्यमा पुर्याउनु भएको योगदान अविस्मरणिय छ | लमजुङकै सेरोफेरोमा उहाँको बाल्यकाल बित्यो | गोर्खापत्रको सम्पादकको रुपमा लेखन कार्यको सुरुवात गर्दै श्रद्धा र उदयमा पनि उहाँका लेखहरु छापिने थाले |

रोयल नेपाल अकेडेमिको उप-कुलपति र कुलपति भएर पनि ९ बर्ष काम गर्नु भयो | श्री प्रसिद् प्रभल गोर्खा दक्षिणबहु, त्रिभुवन प्रज्ञा पुरस्कार जस्ता उपाधिबाट सम्मानित हुनु भएको घिमिरे ले नेपाली साहित्यमा विभिन्न खाले कविता, गीत लेख्नु भएको छ |

उहाँका उत्कृष्ट लेखहरु आफ्नै बासुरी आफ्नै गीता, गौरी, इन्द्रकुमारी, राष्ट्र निर्माता आदि हुन् |