पढ्ने र पढाउने पवित्र स्थल हो स्कुल

पढ्ने र पढाउने पवित्र स्थल हो स्कुल, सरस्वतीको मन्दिर हो स्कुल, विद्या र ज्ञान सिकाउने थलो हो स्कुल तर आज स्कुल पैसा कमाउने माध्यम बनेको छ । आज विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा प्रदान गर्नुभन्दा पनि आज पैसाको कारोबार मात्र हुने गरेको थुप्रै उदाहरणहरु हाम्रो सामु प्रसस्तै भेटिएका छन । तर कतिपय स्कुलहरुले आफुले प्रदान गर्ने सेवा सुविदाको मात्र पैसा लिदा पनि महँगोनै पर्न गएको देखिन्छ। हो सबै संग प्रसस्त पैसा हुदैन तर कम शुल्क लिएर गुणस्तरीय शिक्षा प्रदान गर्नु नै स्कुलहरुको मुख्य उदेश्य हुनुपर्छ । अहिले शिक्षा क्षेत्रमा शुल्क आकसिएको छ र चारै तिर बिरोद, हड्ताल र बन्द कार्यक्रमहरु भइरहेका छन् ।

यसै क्रममा आज सिफलस्थित डियरवाक सिफल स्कुलको लेखाशाखामा तालाबन्दी भएको छ । कक्षाकोठामा पढाई भहिरहेको अवस्थामा विभिन्न युवा दलका करिब १४, १५ जना आएर जबरजस्ती तालाबन्दी गरेका थिए । उनीहरुले गेटका चौकीदारलाई धम्क्याएर स्कुल भित्र प्रवेश गरेका थिए । पढाई भइरहेको अवस्थामा  अव्यवस्थित तरिकाले उनीहरुले तालाबन्दी गरेपछि त्यहाँको माहोल तनाबग्रस्त बन्न पुगेको थियो । आधिकारिक दस्तावेज बिना मात्र एउटा फोटोकपी गरेको काजको भरमा उनीहरुले लेखाशाखामा तालाबन्दी गरेका थिए ।

“जुन तरिकाले उनीहरुले आफ्ना कार्यक्रमहरु अगाडि बढाइरहेका छन त्यो निन्दनीय छ ”- डियरवाक सिफल स्कुलका प्राचार्यले बताउनु भयो ।

सरकारले शान्ति क्षेत्र घोषणा गरेको विद्यालय क्षेत्रभित्र कक्षाहरु संचालनमा भईरहेको बेलामा गरिएको यो कहिले पनि मान्य हुने छैन । “खबर गरेर वार्ताबाट समाधान गर्न सकिने कुरालाई यस्तो अव्यवस्थित र अमर्यादित ढंगले अगाडी बढाउनुपर्ने कुनै पनि आवश्यकता नरहेको उहाले थप गर्नुभयो” ।

यदी युवा दलले यो कार्यक्रम बालबालिकाकै लागि गरेको हो भने य सरी पढाई भईरहेको बेलामा यस्तो काम गर्दा बालबालिकाहरुको मनस्थितिमा कस्तो असर पर्छ भन्ने कुरा पनि सोच्नु पर्छ ।