तस्करीका केही तथ्यांक

तस्करीको समाचार नसुनिएको होइन | अझ नेपालको कुरा गर्ने हो भने त शिक्षा र स्वस्थ स्वस्थ जस्तो सम्मेदंशील क्षेत्र देखि नै तस्करी गरेको पाइएको छ | धेरै श्रोत अनुसार शैक्षिक परामर्श केन्द्रका नाममा मानव तस्करी भइरहेको समाचार आएको छ | बिधार्थीलाई परामर्श गरेको भन्दै कामदारको रुपमा पठाउने क्रम जारी नै छ | | ‘यहाँ पढ्ने विद्यार्थीको भिसालगायतमा समस्या छैन, तर पढ्ने नाउँमा भटाभट कामदारमा पठाउने काम भइरहेको छ। यसले समस्या ल्याएको छ, सरकारले कुन मुलुकमा पढ्न पठाउन उपयुक्त छ वा छैन भनेर यकिन गरिदिने हो भने समस्या समाधान हुन्छ, अध्यागमन विभागका महानिर्देशक केदार न्यौपानेले  भने |गोविन्द के.सि को बर्षौ लामो आन्दोलन पनि स्वास्थमा भइरहेको तस्करी हटाउनकै निम्ति हो |

क्रिकेटमा भएको तस्करी त चोखै छ | हालै जापानमा मैत्रीपूर्ण खेल खेलेर आएको टोलीका आनुसार नौ जना खेलाडी नेपाल फर्केका छैनन् | ‘हामी १५ दिनको प्रवेशाज्ञासहित मैत्रीपूर्ण खेलका लागि जापान गएका थियौं तर हामी सात खेलाडी र दुईजना पदाधिकारी पाँच दिनपछि नेपाल फर्कियौं’, ती खेलाडीले भने, ‘खेल्न भनेर गएका अन्य नौजना भने हामीसँग फर्किएनन् ।’ येस बिषयमा युवा तथा खेलकुदमन्त्रीले समेत चासो देखाएका छन् | छानविनको क्रम जारी छ |

किलोमा ६ लाख रुपैयाँसम्म हुने भएका ले भारत तर्फ सुनको तस्करी बढेको छ | भारतले सुन आयातमा कडाइ गरेपछि चीनबाट नेपालको बाटो हुदै भारतीय बजारमा सुन जाने गरेको छ | एक जना व्यवसायीका अनुसार , ‘दिनमा कम्तिमा १ सय किलो सुन नेपालको बाटोबाट  भारत तस्करी भइरहेको हुनुपर्छ ।प्रति किलो सुन यहाँ ल्याउने लागत ४५ लाख रुपैयाँ पर्ने भएपनि भारत पुर्‍याउदा ५१ लाख रुपैयाँ हाताहात प्राप्त हुने ति व्यवसायीले बताए ।

अस्ति को नाकाबन्दि को बेला को कुरा हो यो चाहि, तेल तस्करी गर्न नपाएको भन्दै केही व्यक्तिले पश्चिमको प्रमुख नाका बन्द गरेपछि प्रहरीले बल प्रयोग गरेर लखेटेको थियो । नेपालगन्ज–रूपैडिहा नाका केहीबेर अवरुद्ध भएर  पनि पुन: सुचारु भएको थियो ।

मानव तस्करीको नाममा नेपालक कयौ चेलीबेटीलाई भारत र नेपालमै बेचिएको घटना त भनि राख्नै पर्दैन |

येस्ता तस्करी त नेपालमा दिन-दिनै भैरख्छन् | तर कसरि रोक्न सकिन्छ त येस्ता तस्करी  भने हामी सबैको अगाडि प्रश्न चिन्हको रुपमा उभिएको छ | अक्तियार ले केहि हद सम्म सहयोग गरेको होला भन्न सकिन्छ | एक महिना अगाडिको कुरा हुदो हो | अक्तियार  दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमान सिंह कार्कीलाई नै भ्रस्ट र मेडिकल माफिया भन्दै  हजारौं जनता माईती घर मण्डलामा उत्रेका थिए | सरकारले नै कडाई नगरे सम्म तस्करी हट्छ जस्तो मलाई लाग्दैन |