छटपटिँदै जलिरा’छु

depression

फोटो स्रोत :mentalhealth.com

बिछोडको वियोग मनमा छ, छटपटिँदै जलिरा’छु

अँध्यारो भो मनको मन्दिर, दियो बनी बलिरा’छु
आफ्नोले नै पराइ ठानी, अलपत्रमा छोडेपछि
बेसहारा जिन्दगीयो, मजबुरीमा चलिरा’छु
मुटु चुडनेलाई थाहा हुन्न, आँसुको मोल के हो भनी
तिमीले दिएको चोटले दुख्छ, कमजोर बनी थलिरा’छु
गर्भ भित्रै  लुटेउ खुसी, भविष्य र सपनाहरू
चिचिलैमा कुफल बनी, घृणा सहँदै फलिरा’छु
बज्रपात गर्‍यौ किन, सबै गुणलाई बिर्सिएर
के अर्थ भो मर्दै बाँच्नु, जिउँदो लाश भई ढलिरा’छु
नाढाँट्नु है कहिल्यै आफूलाई, अरूलाई  छलिरा’छु
बिछोडको वियोग मनमा छ, छटपटिँदै जलिरा’छु