कालो पोथी अस्करको लागि छनोट

kalo pothi poster

तिन ओटा सिनेमा – “पशुपति प्रसाद” , “कालो पोथी” र “को आफ्नो” मध्ये “कालो पोथी” विश्वकै प्रसिद्ध ‘अस्कर अवार्डका लागि छनोटमा परेको छ ।  

“कालो पोथी” जेठ २१ गते रेलिस भएको थियो | दर्शकहरुले पनि अत्यन्त रुचाएका थिए | ७२औँ भेनिस इन्टरनेटनल अवार्ड मा उत्कृष्ट स्थानमा पर्न सफल भएको थियो | यसका निर्माता मिन बहादुर भाम हुन् | मुगुका दुई बालकको कथा सिनेमाले बोकेको छ | माओवादी युद्धको पृष्ठभूमिमा फरक जात र वर्गका दुई साथीले आफ्नो सपना साकार पार्ने उद्देश्यले पालेको कुखुरा हराएपछि खोजीमा निस्कँदा भिडन्तको क्रस फायरमा पर्छन् । फिल्मले पनि द्वन्द्वको बीचबाट अघि बढ्दै मित्रताको कथा बोल्छ ।

राम्रो सिनेमा छनोट गरिएको छ | हाम्रो अग्रिम शुभकामना |