उनी, म र गन्तब्य

edited

यात्रा थियो चाबहिल देखि साँखु सम्मको। कुनै काम बिशेषले जानु परेको थियो। गाडीहरु सबै प्याक थिए। कुनै गाडीको खलासीले ४० जना अटाउने गाडीमा १४० जना लाई आटउन खोज्दै थियो। गाडी कुर्दा गोडा दुखेर मर्नुझैँ भएको थियो। यात्रा लामै हुने भएकाले अलि खाली गाडी कुर्दै थिए। नभन्दै एउटा गाडी आयो। एसो गाडी भित्र टाउको तान्काउँदै हेरें, खाली त थिएन, तर त्यति भिड पनि थिएन। गाडी रोक्किना साथ फुत्त उक्लिएँ। ढोकानेरको सिट खाली थियो, तर, त्यो महिला सिट थियो। बस्नै कुरो आएन। ठिक महिला सिटको साइडमा रहेको सिट खाली थियो। धन्य हुदै बसें। गाडी हुइकिन थाल्यो।
अलिकति गाडी चल्न नपाउदै घ्याच्च रोकियो। मान्छेहरु गाडीमा चडन थाले। त्यहि बखतमा उनी पनि चडिन् । ढोका नजिकैको महिला सिटको बगलमा बसीन । सेतो कुर्ता सरुवालमा सजिएर कपाल छाडेकी थिइ। झट्ट हेर्दा बिछटै राम्री थिइन् उनि । उनको हातमा थियो मोवाइल र दुई कानमा थिए मोबाइलसँग जोडिएको हेडफोन। थाह छैन अनायासै मेरा नजर उनि तिरै गई रहेका थियो। एकै छिन् पश्चात गाडीमा गित बझ्न थाल्यो। कर्मा ब्याण्डको “को हौ तिमी, मेरो को हौ तिमी ……. ” । झसङ्ग भए, “कतै मेरै लागि त हैन यो गीत ? ” मन ढक्क फुल्यो। ढोका बाहिर हेर्ने बहानामा, म घरि घरि उसैलाई हेर्दै थिएँ । तर उसलाई कसैको मतलब थिएन। उ आफ्नै मोबाईलमा बज्दै गरेका गितमा मग्न थिई। गाडी हुइकिदै जोरपाटी काटेर नारायणटार तर्फ लाग्दै थियो। गाडीमा गित बज्दै गए।
गाडीबाट मान्छे हरु ओर्लदै थिए, गाडी खाली हुदै गईरहेको थियो। उता खलासी भने, बाटोमा हिड्दै गरेका बटुवालाई समेत “साँखु… साँखु… साँखु… ” भन्दै चिच्याउदै थियो। मेरा नजर भने घरि घरि उसै तर्फ जादै थियो तर उस्को नजर भने बेला बखतमा आफ्नो मोबाईलमा जान्थ्यो, केहि चलाए जस्तो गर्थी र कानमा रहेको हेडफोन मिलाउथिन् ।
खै किन हो, उसले एक्कसी आफ्नो कानबाट हेडफोन निकालेर फन्नक पछाडी फर्कीन । त्यहि बेला गाडीमा अल्बाट्रस ब्याण्डको “फर्की फर्की नहेर मलाई ……” बोलको गीत बझ्न थाल्यो। उसका र मेरा आँखा एक अपसमा जुधे। ज्यानमा २४० भोल्टको करेन्ट लागे जस्तै भयो। म अक्क न बक्क भए, के गरौ र कसो गरौ झैँ भयो। नेपथ्यमा गित बाझ्दै थियो “फर्की फर्की नहेर मलाई ……” । हाम्रो हेराई ५ सेकेन्ड सम्म लम्बियो र उ आफै अघि फर्की, तर, मेरा लागि त्यो ५० मिनेट बराबर थियो।
उ अगाडी फर्केर आफ्ना हत्केलाले अनुहार छोप्दै हाँस्दै थिइ। म भित्र भने लज्जा र हाँसो दुवै एकै साथ प्रकट भयो। साँखु बसपार्क आउनु भन्दा ५ मिनेट अगाडी उ ओर्लिन खोजि। ढोका बाट बाहिर निस्कनै लाग्दा फेरी मै तिर हेर्दै मिठो मुस्कान दिदै बिदा मागिन। उनि जादै थिइन्, मन त कुड्कीयो, तर नजाऊ भन्न पनि सक्दिन थिए। मैले पनि मुस्कुरौदै बिदा गरे। मेरो त्यो दिननै प्रफुल्लित मुद्रामा बित्यो।
आजकल जब जब म गाडीमा साँखु जादै हुन्छु, त्यहि कुराले दिमाग, मन, मुटुमा हलचल पैदा गर्छ। अझ पनि झिनो आशा बाँकि छ, कतै उसलाई भेटि पो हाल्छु कि र फेरि हाम्रा आँखा जुध्छन् कि ? तर अब दृण विश्वास छ, फेरि हाम्रो भेट भयो भने चै उ संग बोल्नेछु, पक्कै बोल्नेछु।